पोखरा। आज साउन महिनाको पहिलो सोमबार पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। बिहानैदेखि पोखराका विभिन्न क्षेत्रबाट पूजा गर्न मन्दिर परिसरमा वृद्ध वृद्धादेखि महिला दिदीबहिनीको घुइँचो लागेको हो।
केदारेश्वर मन्दिर व्यवस्थापन समितिले दर्शनार्थीको सहजताका लागि लाइनको व्यवस्था गरेको थियो। मन्दिर व्यवस्थापन समितिका पुजारी समेत रहेका मेदनी प्रसाद गुरागाईँले यस पटकको साउनमा ५ ओटा सोमबार परेकाले महत्त्वपूर्ण रहेको बताए। उनले प्रत्येक दिन नसके पनि साउन महिनाको सोमबार भगवान् भोलेनाथलाई जल चढाउने तथा प्रसन्न गर्ने, भोलेनाथको उपासना गर्नाले मनले चिताएको पुरा हुने विश्वास गरे।
बोलबमधामको रूपमा परिचित केदारेश्वर मन्दिरमा बोल बमले साउन महिनामा पोखरा र यस क्षेत्रको वातावरण बोल बम ध्वनि, भजन कीर्तन र गेरु वस्त्रले गुलजार हुने गरेको छ ।
भगवान् शिवको महिना साउनमा भक्तजनले शिवको आराधना गर्नुका साथै साउन महिनामा व्रत बसेर हरियो रङ्गको चुरा, कपडा र मेहेन्दी लगाए शिव खुसी हुने र मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ ।
सम्बन्धित खबर
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
मिस मगर नेपाल–२०२३ का प्रतियोगीका लागि प्रशिक्षण सुरु
फेवातालको सबै संरचना ६ महिनाभित्र हटाऊ, मापदण्ड तोक्ने अधिकार महानगरलाई छैन: सर्वोच्च
मणिपाल अस्पताल प्रकरणः प्रहरी पनि चार जना घाइते
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि