पोखरा महानगरपालिकाले सर्वसाधारणलाई सार्वजनिक रुपमा शौचालय उपयोग गर्न दिनका लागि इच्छुक व्यक्ति तथा सँस्थालाई आह्वान गरेको छ।
महानगरले एक विज्ञप्ति जारी गर्दै पोखराको मूख्य शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र निर्माणका लागि जग्गा जमिन समेत नभएको अवस्थामा सर्वसाधारणलाई समस्या भएकाले शौचालय उपयोग गर्न दिन चाहने व्यक्ति, बैंक तथा वित्तिय सँस्था लगायत होटल रेष्टुरेन्ट सहितका व्यवसायिक सँस्थाहरुलाई महानगरमा सम्पर्क गर्न आह्वान गरेको हो।
महानगरले त्यस्ता सार्वजनिक शौचालयमा आवश्यक पर्ने सफाई एवं स्यानिटरी सामग्रीमा लागत सहभागिता जनाउने र ती स्थानमा जानकारीको लागि विशेष पहिचानयुक्त संकेत (लोगो) राखने निर्णय भएको समेत जनाएको छ।
विज्ञप्तिमा शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिन चाहने व्यक्ति तथा सँस्थाको विवरण महानगरपालिकाको वेभसाइटमा राखिने र महानगरबाट उपलव्ध हुने सेवा सुविधामा प्राथमिकता दिइने उल्लेख गरिएको छ।
इच्छुक त्यस्ता व्यक्ति तथा सँस्थाले साउन मसान्तरसम्म महानगरको सरसफाई शाखामा सम्पर्क गर्न सक्नेछन्।
सम्बन्धित खबर
अनेरास्ववियु जनप्रियको आठौं सम्मेलन आयोजक कमिटी गठन
पत्रकार अथकलाई ‘तीर्थसागर स्मृति लोक तथा दोहोरीगीत पत्रकारिता पुरस्कार’
फेवातालको ६५ मिटर प्रभावित स्थानीय विरोधमा, मोटरसाइकल र्याली निकाले
विद्यालय नाटक महोत्सव सम्पन्न, महोत्सवमा कुल १५ नाटक मञ्चन
ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त
मणिपाल अस्पताल तोडफोड गरेको आरोपमा ७ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि