पोखराको फुस्रे खोलाले फेरि अर्को ज्यान लिएको छ । नवलपरासीको बर्दघाट घर भई दुई साता अघि मात्रै पोखरा आएका विवेक गुरुङ (बिमल) को पौडी खेल्ने क्रममा ज्यान गएको हो ।
४ जना साथीभाइसँगै फुस्रे खोला गएका २४ वर्षीय विवेक पौडी खेल्ने क्रममा एक्कासी हराएका थिए । सँगै पाैडी खेलेका भाइका अनुसार ३ जना ३० मिनेटजति सँगै पाैडी खेलेकाेमा विवेक एक्लै थाेरै तल पुगेका थिए । त्यसपछि उनी गायब भए । साथीहरुले खोज्दा नभेटिएपछि प्रहरीलाई खबर गरेका थिए । तल खोलामा स्थानियले बगाउँदै गरेको देखेपछि माछा मारेर फर्कदै गरेका दुई युवाले विवेकलाई खोलाबाहिर ल्याएका थिए । तर, उनको पहिल्यै मृत्यु भइसकेको प्रहरीले जनाएकाे छ ।
विवेककाे खाेजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली खटिएकाे थियाे । फुस्रेखोलामा पौडिने क्रममा बर्सेनी दर्जनौंको ज्यान गइरहेको छ । डेढ महिना अघि मात्रै स्याङ्गजा पुतलीबजार ७ बेशीगाउँका पूर्ण गुरुङ साथीहरुसहित पौडी खेल्ने क्रममा दोबिल्लाबाट बेपत्ता भएकाेमा ३ दिनपछि शव भेटिएकाे थियाे ।
सम्बन्धित समाचारः
फुस्रेखोलामा बेपत्ता भएका गुरुङको शव फेला
पोखराको फुस्रेखोलामा डुबेर डाक्टरी पढ्दै गरेका भारतीय युवकको मृत्यु
पोखराको फुस्रेखोलामा माछा मार्ने क्रममा बगाएर स्याङ्जाका गुरुङको मृत्यु
पोखरा घुम्न आएकी धुलिखेलकी अनुको फुस्रे खोलामा डुबेर मृत्यु
माछा मार्न जाँदा पोखराकी युनिसाको फुस्रे खोलामा डुबेर ज्यान गयो
पोखराको फुस्रेखोलामा महिलाको शव फेला
पर्वतका पुनको पोखरा फुस्रेखोलामा डुबेर मृत्यु
सम्बन्धित खबर
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन