पशुपति, राजु, देवी र सुस्मिताको ‘ओइ पोई’ ट्रेण्डिङमा [भिडियो]

पशुपति, राजु, देवी र सुस्मिताको ‘ओइ पोई’ ट्रेण्डिङमा [भिडियो]

oe poi

सदावहार व्यस्त एवं लोकप्रिय दोहोरी गायिका देवी घर्ति मगरको नयाँ तीज कोसेली ’ओई पोई’ सार्वजनिक भएको भोलिपल्टैदेखि म्युजिकतर्फ ट्रेण्डिङमा पर्न सफल भएको छ ।

सुपरहिट तीज गीत ‘लौरी हरायो’ टीमले वर्षेनी तीज गीत सार्वजनिक गर्दै आएकोमा यस वर्ष पनि दर्शकले रुचाएका हुन् । तीन दिनमै दुई दिनमै ट्रेन्डिङ नं. १० मा पुगिसकेको छ भने झण्डै ५ लाख पटक हेरिएको छ ।

यस गीतमा पनि चर्चित एवं लोकप्रिय गायकहरु पशुपति शर्मा र राजु ढकाल तथा मीठो स्वरकी धनी बहिनी सुस्मिता घर्तीको साथ देवीले लिएकी छन् । भिडियोमा पनि उनै चार जना देखिएका छन् । ठट्यौली पारामा जोई पोईको रिस र मायालाई गीतको शब्द र भिडियोमा उतारिएको छ ।

तीजका राजा भनेर चिनिने गायक पशुपति शर्माको उत्कृष्ट लय र शब्द सिर्जना रहेको छ । गतबर्ष बजारमा आएको ‘दुई बिसेले छाेयाे’, त्यसअघि ‘सुहायो चौपट्टै’ गीत पनि अत्यधिक रुचाइएको थियो ।

स्मृति तिमिल्सिना गुरुआमाको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गीतको म्युजिक भिडियो रमाईलो छ । गुरुआमा फिल्मस प्रा.लि. पोष्ट प्रोडक्सनमा तयार भएको म्युजिक भिडियोलाई राजेश घिमिरेले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् ।

देवी घर्ती र राजु ढकालका उत्कृष्ट तीज गीतहरु:

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ