गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। गण्डकी प्रदेश सरकारले सवारी कर तथा जरिवाना समन्वय नगरी एकतर्फी बढाएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्णय पुनर्विचार गर्न ७ दिने अल्टिमेटम दिएको छ।
यातायात व्यवसायीले पोखरामा आज एक कार्यक्रमको आयोजना गर्दै यातायातका साधनहरूमा कर वृद्धि तथा जरिवाना छुटमा प्रदेश सरकारले ज्यादती गरेको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले सवारीमा गरेको करको वृद्धिले आफूहरू जिउन सक्ने अवस्थामा नरहेको बताए। व्यवसायीले फरक शारीरिक क्षमता भएका, ज्येष्ठ नागरिक, जन आन्दोलनका घाइते तथा विद्यार्थीहरूका लागि ४५ प्रतिशत छुट दिँदै आइरहेको र राज्यसँग भएको सहमति अनुरुप करमा ६० प्रतिशत छुट लिँदै आइरहेकोमा अहिले प्रदेश सरकारले छुटलाई ३३ प्रतिशतमा झार्नुका साथै जरिवानामा २०० प्रतिशतसम्म वृद्धि गरी सवारीसाधनमा समेत कर बढाएकोले आफ्नो पेसा व्यवसाय धराशायी हुने अवस्था आएको बताए। उनले अब सरकारको अगाडि नतमस्तक भएर सहयोग गर्न नसकिने प्रतिक्रिया दिए।
यस्तै, महासङ्घका प्रदेश संयोजक केदार प्रसाद पौडेलले निजी क्षेत्रको खर्बौंको लगानी रहेको यस व्यवसायमा आबद्ध व्यवसायी कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित भएको अवस्थामा राज्यले गरेको अप्रिय निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। उनले दैनिक रूपमा भइरहेको इन्धनको मूल्यवृद्धि, बैङ्क तथा वित्तीय संस्थाको ब्याजदरमा वृद्धि लगायत पार्टपुर्जाको मूल्य वृद्धिले सार्वजनिक सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै राज्यको कमजोर नीतिका कारण आफूहरू अभिभावक विहीन महसुस भएको बताए।
उनले सवारी साधनको कर तथा जरिवानामा गरिएको अव्यवहारिक वृद्धिले सार्वजनिक सवारी साधन घर ग्यारेजमा खडा गर्नुको विकल्प नरहेको भन्दै आगामी ७ दिनभित्र निर्णय पुनर्विचार नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए।
उनका अनुसार हाल महासङ्घका २१ वटा यातायात कम्पनीहरू आबद्ध रहेका छन् । शान्तिपूर्ण आन्दोलनको कार्यक्रमलाई अन्य कम्पनीहरूले पनि एक्येवद्धता जनाएका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह