पोखरा । नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेश बासीले माग गरेका छन्। खेल स्थल व्यबस्थापन उपसमितिले मंगलबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा सहभागि गण्डकी प्रदेश बासीले उक्त प्रतियोगिताका ३६ वटै खेलहरु गण्डकी प्रदेशकै हुनु पर्ने माग गरेका हुन्।
सुटिङ, सुइमिङ लगायतका खेलको लागि प्रदेश भित्रै उपयुक्त स्थानको खोजिगर्न छलफलमा सहभागि राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, विभिन्न खेल संघका पदाधिकारी र सरोकारवालाहरु एवं खेलकुदकर्मीहरुले उक्त राय व्यक्त गरेको खेल स्थल व्यवस्थापन उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका निर्देशक कृष्ण प्रसाद तिमिल्सिनाले बताए।
खेल स्थल व्यवस्थापन उपसमिति संयोजक एंव राखेपका सदस्य राजेशकुमार गुरुङको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छलफलमा राखेपका पूर्व सदस्य खड्क बहादुर रानाभाटले उक्त प्रतियोगिता प्रदेशबासीको इज्जत र प्रतिष्ठा संग जोडिएकोले कुनै पनि खेलको लागि अनुकुल वातावरण बनाउनु पर्नेमा जोड दिए । पोखरा रंगशाला जग्गा प्लटीङ भएसरी मनपरी ढंगले भौतिक संरचना भएको उनको गुनासो थियो । खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड दिंदै, पोखराको कला संस्कृति प्रदर्शनको तयारी गर्नु पर्ने, खेल स्थलहरुमा सौन्दर्यकरण लगायतका कुरामा विशेष ध्यान दिनुपर्ने छलफलमा सुझाव आएको सचिव तिमिल्सिनाले जनाए ।
खेल स्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले छलफलमा उठेका कुरा र प्रदेशका विभिन्न ठाँउमा खेल मैदानहरुको अध्ययन अवलोकन गरेको आधारमा यही साउन १५ गते हुने राखेपको वोर्ड बैठकमा राख्ने बताए । आउँदो असोज २८ देखि कार्तिक ३ गते सम्म उक्त प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । गण्डकी प्रदेशको राजधानि पोखरा अन्र्तगत नेपालकै ठुलो पोखरा रंगशालामा धेरै खेलहरु हुने सक्ने संयोजक गुरुङले बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला