गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरेली स्वतन्त्र युवाहरूले नागरिकता संशोधन विधेयक विरुद्ध बुधवार विरोध सभाको आयोजना गरेका छन्।
युवाहरूले प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि त्यसको विरोध स्वरूप पोखराको मानवअधिकार चोकमा विरोध सभाको आयोजना गरेका हुन्।
विरोध सभामा उपस्थित अटेरी अभियानका गनेस पौडेलले नेपाल सरकारले हालै जारी गरेको नागरिकता ऐनले नागरिकतालाई अत्यन्तै सस्तो विषयवस्तुको रूपमा लिएको बताए। उनले नागरिकता जस्तो संवेदनशील विषयमा असंवेदनशीलता जनाउने र महिला विभेदलाई प्रोत्साहन गर्ने खालका विभेदको खारेजको माग गर्दै विरोध सभाको आयोजना गरिएको बताए।
यस्तै, विरोध सभामा सहभागी सुवास शर्माले नागरिकताको विषयमा सरकार उदासीन बनेको आरोप लगाए। उनले संसदीय समितिले दिएको न्यूनतम मापदण्ड समेत पालना नगरी छोटो अवधिमा अल्पसंख्यामा उपस्थित सांसदको सहमतिमा जबरजस्ती विधेयक पारित गरिएको बताए। उनले नागरिकता विधेयक शङ्कास्पद हुनुका साथै महिलामाथि विभेदपूर्ण वाक्यहरू राखिएको आरोप लगाए।
सहभागीहरूले सरकारले नागरिकताको अवमूल्यन गरेको भन्दै रू एक सयको ३ वटा नागरिकता विक्रीमा, ‘ए हजुर कता ? रू १०० को ३ वटा नागरिकता यता’ भन्दै साङ्केतिक विरोध गरेका थिए भने, अन्यले संसदीय समितिको सुझाव पालना गर, महिला माथिको विभेद अन्त्य गर, नागरिकता बेच्ने होसियार, नागरिकताको गरिमा कायम गर लेखिएका प्ले कार्ड बोकेका थिए।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?