पोखरा । नेपाल विद्यार्थी संघ आफ्नै मूल पार्टी नेतृत्वको सरकार विरुद्ध सडकमा उत्रिएको छ । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल विधार्थी संघले आफ्नै माउ पार्टीको सरकारले गरेका गलत निर्णय विरुद्ध सडकमा प्रदर्शन गरेको हो ।
उसले मुख्यमन्त्री कार्यालय अगाडि गण्डकी प्रदेश सरकारको विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले सवारी साधनको नवीकरण गर्दा शुरुमै २ सय प्रतिशत जरिवाना लगाउने निर्णय कार्यान्वयनमा गएपछि आम सर्वसाधारणबाट सरकारको कडा आलोचना भएको थियो । सरकारले केही अघि गण्डकी प्रदेशमा सवारी कर र जरीवानामा भारी वृद्धि गरेको थियो ।
पानी परिरहेको भएपनि नेविसंघका कार्यकर्ताहरु विभिन्न नारा लगाउँदै त्यहाँ पुगेका थिए । उनीहरुले करवृद्धि फिर्ता गर, जरिवाना कर फिर्ता, मुख्यमन्त्री राजीनामा दे, भौतिक मन्त्री होसियार जस्ता नारा लगाए ।
विघार्थीहरुले कर वृद्धिको निर्णय तत्काल फिर्ता गर्नुपर्ने, अन्यथा मुख्यमन्त्रीको निवासमा नै प्रदर्शन गर्ने चेतावनी दिएका थिए । कार्यक्रममा नेविसंघ, कास्कीका पूर्व अध्यक्ष विकास थापाले कांग्रेस नेतृत्वको सरकारले गलत गर्दा नेवि संघले खवरदारी गरिरहने बताए । थापाले दुई दिनभित्र सवारी कर र जरिवाना फिर्ता नभए गेटमा नभई कोठासम्म पसेर श्रीलंकामा प्रदर्शनकारीले गरेको आन्दोलनको झल्को दिने चेतावनी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, नेविसंघका नेता पशुपति भट्टराई र ध्रुवराज अधिकारी लगायतले गण्डकी प्रदेश सरकारले मात्र नभएर सबै तहका सरकारले जनभावना बुझेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो