रुपन्देही। आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्री रहेका छन्।
क्षेत्रीले बुधबार राति आफ्नी ३१ वर्षीया श्रीमती साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा प्रहरीले क्षेत्रीलाई पक्राउ गरेको हो । घटना अनुसार श्रीमान् यम बहादुर मादक पदार्थ सेवन गरी सुतेकोमा राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिएको भन्दै खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रीमती सावित्रीले समेत अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ निकालेर रक्सी किनेर खाएको अनुसन्धान पश्चात खुलेको छ।
घटनाको भोलिपल्ट बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात यम बहादुरलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन