२० औं आहारारा गोल्डकपमा सहारा क्लबलाई १२ लाख घाटा

२० औं आहारारा गोल्डकपमा सहारा क्लबलाई १२ लाख घाटा

aayebyaa

पोखराकाे सहारा क्लबले गत माघमा आयोजना गरेको २० औं संस्करणको आहा रारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ ।

शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा प्रतियोगिताको अर्थ संकलन उपसमितिका संयोजक सुनिल गुरुङले कुल १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ नोक्सान भए पनि विभिन्न संघसंस्थाले थप सहयोग गरेपछि नोक्सान रकम कम गर्न सफल भएको जानकारी गराए ।

गुरुङका अनुसार कोभिड १९ महामारीका बीच गरिएको प्रतियोगितामा ठूलो रकम घाटा भएपछि क्लबले गरेको अनुरोधका आधारमा क्लबका शाखा संस्थाहरु सहारा युकेले तीन लाख, सहारा हङकङले पाँच लाख एक हजार र सहारा अष्ट्रेलियाले एक लाख रुपैयाँ थप सहयोग गरेका थिए ।

उनका अनुसार ती संघसंस्थाको आर्थिक सहयोगपछि अहिले क्लबले कुल तीन लाख रुपैयाँमात्रै नोक्सान व्यहोरेको छ ।

गत माघ ६ गतेदेखि १५ गतेसम्म भएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको थियो । १० क्लब सहभागी रहेको प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लब उपविजेता भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

दोस्रो चरणको कोरोना महामारीमा भएको प्रतियोगितामा सेमिफाइनलसम्म दर्शकबिनै सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds