पोखरा। आइतबार साँझ पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिए पश्चात आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका -२५ हेमजा स्थित पोखरा-बागलुङ सडकखण्डमा पोखराबाट हेमजातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई अन्दाजी ५ :५० बजेको समयमा ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिए पश्चात मोटरसाइकलमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं -४ लाहाचोक निवासी २७ वर्षीय नवराज नेपाली रहेका छन्।
प्रहरीका अनुसार घटनाको सूचना पश्चात वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको कमाण्डमा खटिएको ९ जनाको टोलीले घाइते नेपालीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा आगो निभाउने क्रममा ट्रकका धनी समेत रहेका हेमजा निवासी ४१ वर्षीय क्षेत्र बहादुर कुँवर घाइते भएका छन्। उनको दुवै हात र खुट्टा जलेको छ भने ठक्कर दिने ट्रकका चालक हेमजा लामपाटा निवासी २४ वर्षीय कृष्ण बुढामगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि