लगातारको वर्षाका कारण कमलपोखरी क्षेत्रका दर्जनौं घर डुबानमा

लगातारको वर्षाका कारण कमलपोखरी क्षेत्रका दर्जनौं घर डुबानमा

Kamalpokhari

पोखरा महानगरपालिका -१३ कमलपोखरी क्षेत्रका दर्जनौं घर डुबानमा परेका छन्। आइतबार रातिदेखिको अविरल वर्षाका कारण पानीको सतह बढ्दा कमलपोखरी आसपासका घर डुबानमा परेका हुन् ।

लगातारको वर्षाका कारण कमलपोखरी तालमा पानीको सतह बढ्नुका साथै पानीको उचित निकास नहुँदा उक्त क्षेत्र बारम्बार डुबानमा पर्दै आइरहेको छ।

डुबानमा परेपनि हालसम्म अन्य क्षति भने भएको छैन।

तस्बिर : सामाजिक संजाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ