पोखरा । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । गएराति २ बजेदेखि मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी ठूलो पहिरो गएको छ। प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको र पहिरो हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।