पर्वतमा करेन्ट लागेर महिलाको मृत्यु, चार जना घाइते

पर्वतमा करेन्ट लागेर महिलाको मृत्यु, चार जना घाइते

corent

पर्वत । पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

जलजला गाउँपालिका–७ धाइरिङ धारापानीमा आज बिहान ७ बजेतिर मुख्य लाइनको हाइ भोल्टेज बिद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु भएको हो।

करेन्ट लागेर अन्य चार जना घाइते भएकोमा उनीहरुलाई उपचारका लागि म्याग्दीको बेनी अस्पताल लगिएको छ।

प्रहरीका अनुसार विद्युत्को मुख्य लाइन र घरघरमा वितरित लाइनका तार एकै पोलमा टाँगिएको र सोही मुख्य लाइनको तार वितरण लाइनमा जोडिँदा ‘हाईभोल्टेज’ लाइन बगेका कारण घटना भएको हो।

विद्युत् लाइनको भोल्टेज नियन्त्रणभन्दा बाहिर जाँदा बस्तीका करिब दुई सय घरका मिटरबक्स र सबै वायरिङ जलेको छ।

घटनामा परी एक बाख्रा फर्ममा रहेका दर्जनबढी बाख्रा समेत मरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ