मुलुककै पुरानो चन्द्रनहर भत्कियो, ३ सय घर डुबानमा

मुलुककै पुरानो चन्द्रनहर भत्कियो, ३ सय घर डुबानमा

चन्द्रनहर

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले देशकै पुरानो चन्द्रनहर भत्किएको छ।

नगरपालिकाको अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पु¥याएको छ।

नगरप्रमुख उत्तम गौतमका अनुसार सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको छ। नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिव ३ सय घर समेत डुबानमा परेका छन्। ती घरमा तीन फिटसम्म पानी जमेको छ।

यस्तै जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका– ७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन्। तिलाठी कोइलाडी– ७ को मन्सापुर र वडा नं ५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको बताइएको छ।

चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ