बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक गणेश पाण्डेकाे हुम्ला लगायत केही हिमाली जिल्लामा रहेको बहुपतिप्रथामा आधारित नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान् (को-हजबेन्ड)ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको छ ।
अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार पाण्डे निर्देशित ‘को-हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो ।
यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको निर्देशक पाण्डेले बताए । ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु’, उनले भने।
आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यसपटक ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
यसअघि अमेरिकाको मेरियट फिल्म महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । निर्देशक पाण्डेका अनुसार, ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले पनि अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।
बहुपतिप्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म ‘को-हजबेन्ड’ कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका हुम्ला लगायत केही हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।
सम्बन्धित खबर
दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
नेपालगञ्जमा हिन्दू र मुस्लिमबीच तनाब, स्थानीय प्रशासनद्वारा कर्फ्यू जारी
महिलालाई खाजा खाने भन्दै रेष्टुरेन्टमा लगी करणी गरेको अभियोगमा एक पक्राउ
नेशनल पेमेन्ट गेट-वे प्रकरणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल