अर्जुन र स्मृतिकाे ‘भाउ बढ्यो’ [भिडियो]

अर्जुन र स्मृतिकाे ‘भाउ बढ्यो’ [भिडियो]

bhaau-badhyo

युवा पुस्तामा चर्चित गायक अर्जुन सापकोटा पछिल्लो समय व्यस्त छन् । आफ्नो सिर्जनामा मात्र हैन, अन्य सर्जकहरुको गीतको भिडियोमा पनि छाइरहेका अर्जुनले यस तीजमा समसामयिक विषयवस्तुमा आधारित रहेर ‘भाउ बढ्यो’ गीत सार्वजनिक गरेका छन् ।

कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’ सँग गायनमा सहकार्य गर्दै अर्जुनले आफ्नै युट्युब च्यानलमा आइतबार राति ‘भाउ बढ्यो’ भिडियो सार्वजनिक गरेका छन् । स्मृतिकै निर्देशनमा तयार भिडियोमा स्मृतिसँगै अर्जुन र सुमन ढकालको अभिनय छ ।

मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ । दिदीभाइको भूमिकामा प्रस्तुत भएका स्मृति र अर्जुनले ईन्धनमा चर्को मूल्यवृद्धिले हरेक क्षेत्रमा बढ्दो महंगी र यसबाट नागरिकले भोगेका समस्यालाई देखाएका छन् ।

सञ्चारकर्मीसमेत रहेका सुमन ढकालले गीतको शब्द कोरेका हुन् । गायक सापकोटाकै संगीत एवं हुकलाइन रहेको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् ।

सुुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । गीतलाई दर्शकलाई मन पराएका छन् । तीजमा अनावश्यक खर्च रोक्नुपर्ने, जे छ त्यसैमा खुशी हुनुपर्ने, महंगीमा घाँटी हेरेर हाड निल्नुपर्ने सन्देश छन् । सामाजिक सञ्जालमा प्राप्त प्रारम्भिक प्रतिक्रियाले गायक सापकोटा खुशी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ