फुकुओकामा अगष्ट २६ मा तीज धमाका, बद्री, पशुपति, सम्झना र सूर्यले झुमाउने

फुकुओकामा अगष्ट २६ मा तीज धमाका, बद्री, पशुपति, सम्झना र सूर्यले झुमाउने

fukuoka 1

फुकुओकामा क्रियाशील नेपालीहरुको पूरानो सामाजिक संस्था फुकुओका नेपाल सोसाइटीले आगामी अगस्ट २६ तारिख, शुक्रबारको दिन तीज धमाका २०२२ गर्ने भएको छ ।

तीज धमाकाको तयारी तीव्रताका साथ अघि बढाइएको सचिव अशोक सेढाईंले जानकारी दिए । आधा दर्जन भन्दा बढी संघसंस्था सह-आयोजक बनी सहकार्य गरेका छन् ।  एनआरएन क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, सुदूर पश्चिमेली नेपाली समाज क्युसु, आदिवासी जनजाति महासंघ क्युसु, स्याङ्जा समाज क्युसु, नेपाल जापान फ्रेन्डशीप लायन्स क्लब, वाजिरो नेपाली सोसाईटी, किता क्यूशु वेल्फेयर, मोना क्युसु, कुमामोतो समाजले सहकार्य गरेका छन् ।

विगत दुई वर्ष कोभिडका कारण स्थगित तीज धमाकालाई यसवर्षदेखि फेरि निरन्तरता दिइएको कार्यक्रम संयोजक दिलेन्द्र प्रसाद जोशीले जानकारी दिए । नेपालका ख्याती प्राप्त चर्चित कलकारहरु बद्रि पंगेनी, पशुपति शर्मा, सम्झना भण्डारीसँगै सुर्य खड्काले दर्शक झुमाउनेछन् । पुरुषोत्तम सिग्देल, बेग राना र दिलेन्द्र जोशीको पनि प्रस्तुति रहनेछ । साथै, जापानमै रहेका अन्य कलाकारहरुलाई पनि कार्यक्रममा निम्त्याइने आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष माधव सिग्देलले यसपालीको तीज नेपाली दिदीबहिनीहरुले फुकुओकाकै तीज धमाका कार्यक्रममा मनाउन निमन्त्रणा गरेका छन् । ‘दुई वर्ष कोभिडका कारण मनाउन पाएनौं । यसपटक पहिलेझैं रमाईलो गरी तीज मान्ने हो । सबै फुकुओकाबासी नेपाली दिदीबहिनी, दाजुभाइहरु तीज धमाकामा उपस्थित भई तीज मनाउनुहुन निमन्त्रणा गर्दछु ।’ – अध्यक्ष सिग्देलले भने ।

हाकाता सिमिन सेन्टरमा साँझ ५ बजेबाट हुने उक्त कार्यक्रममा उपस्थितिका लागि आयोजक तथा सहआयोजकले अनुरोध गरेका छन् ।

दिउँसो ४ बजेदेखि हल प्रवेश गर्न सकिनेछ । भिआईपी टिकटमा दम्पती प्रवेश गर्न सकिने र १० वर्षसम्मको बच्चा निःशुल्क प्रवेश गर्न सकिने आयोजकले जनाएको छ । मादक पद्धार्थ सेवन गरी कार्यक्रम हलमा प्रवेश गर्न नपाइने आयोजकले जनाएको छ ।

कार्यक्रमकाे अनलाइन पार्टनरमा गण्डकन्यूज डटकम रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ