आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा रोक

आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा रोक

plastic

काठमाडौं । सरकारले आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको छ।

वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई आजदेखि कडाइका साथ लागू गर्ने जनाएको हो।

४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने विभागले जनाएको छ। विभागका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ।

४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ। तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ