विमानस्थलबाट पक्राउ परेका व्यक्तिलाई दिसा गराउँदा एक किलो सुन निस्कियो

विमानस्थलबाट पक्राउ परेका व्यक्तिलाई दिसा गराउँदा एक किलो सुन निस्कियो

arrest gold

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका एक व्यक्तिलाई दिसा गराउँदा झन्डै एक किलो सुन निस्किएको छ।

फ्लाइ दुबईको उडानद्वारा शनिबार बिहान दुबईबाट काठमाडौं आएका भारतीय नागरिक ३१ वर्षका राहुल रेमानानलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

शङ्का लागेर प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शङ्कास्पद वस्तु देखिएपछि प्रहरी वृत्त गौशालामा दिसा गराएको थियो।

दिसा गर्ने क्रममा अर्धठोस अवस्थामा बेलनाकार चार वटा सुनको पोका फेला पारेको प्रहरीले जनाएको छ।

उक्त सुन झन्डै एक किलो रहेको र यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ