राष्ट्रवादी श्रमिक महासंघका संयोजक किरण देउवाले आफूहरुको माग महानगरपालिकाले सम्बोधन नगरेको खण्डमा थप आन्दोलन चक्राउने चेतावनी दिएका छन्।
आज बिहान काठमाडाैँ महानगरपालिका कार्यलय अगाडि नाराबाजीका क्रममा उनले आफ्नो माग राख्दै एक हप्तासम्म आफ्नो माग पूरा नभए महानगरपालिकामा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने बताएका हुन्।
‘सडकमा व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई राज्यले की व्यवस्थापन गर्नुपर्छ की त व्यवसाय गरेर बस्न दिनुपर्छ। देउवाले भने – ‘उहाँहरु (फुटपाथ व्यापारी)ले आफ्नो काम गरेको हो तर उहाँहरुले आफ्नो श्रीमतीको लागि आफ्नो छोराछोरीको लागि सडक व्यापारीको सामान लैजाने गर्नुभयो।’
‘यो कस्तो सरकार हो, यो कस्तो महानगरपालिकाको नियम हो। खाली ठाउँमा काम गरेर खान त देउ, की त महानगरपालिकाले व्यवस्थापन गर। यदी हाम्रो माग महानगरपालिकाले सम्बोधन नगर्ने हो भने यसको मूल्य बालेनले चुकाउनुपर्छ। एक हप्तादेखि हामी बालेनलाई भेट्न खोजी रहेका छौँ तर बालेन हाम्रो समस्या सुन्ने समय नै छैन भने बालेनले सुन्ने कस्को समस्या हो? दलालहरुको हो?’ थप देउवाले भने, ‘सडकमा फोहोर उठाउँछु भन्ने गफ लगाउने फोहोर गनाइरहेको छ। यदी बालेनको यो काम हो भने बालेनले राजीनामा दिएर महानगरले अर्को चुनाव गर्नुपर्छ। यो समस्या आजको होइन धेरै वर्षदेखि चलिआएको हो तर यो भन्दा पहिला महानगरपालिकाले निश्चित समय तोकेर व्यवसाय गर्न दिएको थियो तर अहिले त्यो प्रवाधान रहेको छैन।’
देउवाले आज हामी महानगरको गेटमा आफ्नो माग राख्दै शान्ती र प्रेम पूर्वक उभिएकाे बताउँदै माहानगरले एक हप्तासम्म माग पूरा भएन भने यही ठाउँमा ढुंगा र लाठी प्रहार गर्न बाध्य हुने चेतावनीसँगै सिंहदरवारको गेटसम्म जाने बताए।
‘की काम गरेर खान देउ होइन भने सडकमा व्यापार गर्न देउ। कहिले फुटपाथलाई मेट्ने कहिले फुटपाथको पसल हटाउन लगाउने यही हो महानगरको विकास यही हो भने बालेनलाई हामीले फेरी हामीले एक पटक औलाँ ठडाँएका छौँ।’ उनी आक्रोश हुँदै भने, ‘यो कदापी गर्न मिल्दैन हामी फुटपाथ व्यापारीलाई काम गरेर खान दिनुपर्छ। यदी व्यवस्थापन गर्ने सकिंदैन भने लखेट्ने मात्र त होइन सही विकल्प के त? बानेश्वरमा राख्न मिल्दैन, कालिमाटीमा राख्न मिल्दैन भने खाली ठाउँमा राख्न दिनुस्।’
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन