थप ४४४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु पुष्टि

थप ४४४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु पुष्टि

corona

काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभरका थप ४४४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार १९९६ पिसिआर र २९५८ एन्टिजेन गरी कूल ४९५४ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ३०७ जना संक्रमणमुक्त भएका छन्। भने, सोही अवधिमा ३ जना संक्रमितको ज्यान गएको छ।

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ४१९९ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ