Gandak News
Our News Your Views
Promote your business here Gandaknews

थप २०२ जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

काठमाण्डौ। पछिल्लो २४ घन्टामा देशभरका थप २०२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार २०६४ पिसिआर र १७६९ एन्टिजेन गरी कूल ३८३३ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ४६२ जना संक्रमणमुक्त भएका छन्। सोही अवधिमा एक जनाले ज्यान गुमाएका छन्।

हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ३३१३ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस