गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सांकेतिक तस्विर
काठमाडौं । रुकुम पश्चिममा पहिरोले पुरिंदा आमा र छोरीको मृत्यु भएको छ।
जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, बालमतीकी अर्की ७ वर्षीया छोरी तिर्सना घाइते भएकी छन्। तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालमती आइतबार दुई छोरीसँगै जाजरकोटको नलगाड नगरपालिका–१ स्थित माइतीबाट रुकुम पश्चिम हुँदै घरतर्फ फर्कदै थिइन् । पानी परेपछि उनीहरु रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४ पिपलचौर स्थित छेपारे सामुदायिक वनको भवनमा बसेका थिए।
सोही समयमा दिउँसो साढे ३ बजे माथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो। पछि प्रहरी र स्थानीयले एक छोरीलाई उद्धार गरे पनि दुई जनालाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
सरकार र राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
नयाँ दलको जमानत जफत हुने गरी काम गर्नुस् : रवि लामिछाने
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि