Gandak News
Our News Your Views
Promote your business here Gandaknews

थप २२६ जनामा कोरोना संक्रमण, २२३ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४५ र एन्टीजेन परिक्षण गर्दा ४१ गरी जम्मा २२६ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २२३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ११ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या एक लाख ३२ हजार २९४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार २३५ जना रहेको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस