नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

narayangarh mugling

फाइल तस्वीर

पोखरा । नारायणगढ–मुग्लिन सडकखण्ड आज पनि अवरुद्ध बनेको छ।

आज शुक्रबार बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि बाटो दुईतर्फि नै अबरुद्ध बनेको हो।

निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन। पहिरो पन्छाउनका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ। पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिएका छन्।

हिजो बिहीबार पनि भरतपुर–२९ केराबारीस्थित मौरीखोलामा खसेको पहिरोका कारण ८ घण्टा सडक अवरुद्ध बनेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds