पाेखरा । कास्कीकाे अन्नपूर्ण गाउँपालिका वडा नं ७ मा निस्सा वितरण गरिएकाे छ । उक्त वडामा रहेका २७ जना अव्यवस्थित बसोबासी, २ जना भूमिहीन दलित र ४ जना भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हो ।
पोथानामा भएकाे उक्त कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाको प्रमुख आतिथ्यता र गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षता रहेकाे थियाे । निस्सा वितरण समारोहमा समाजसेवी तथा पत्रकार राजबहादुर गुरुङले अब सेतो होइन रातो पुर्जा प्रदान गर्नुपर्ने बताए ।
त्यस्तै, गाउँपालिकाका निबर्तमान अध्यक्ष युवराज कुँवरले अब्यबस्थित जग्गा भन्दा पनि नापीमा छुटेको जग्गा भएकाले आफैंले कर तिरेको, पिता पुर्खाले जोगाएर राखेको जग्गा प्राप्तिका लागि सरकारले ऐन नै परिवर्तन गर्नुपर्ने औंल्याए ।
“ यस क्षेत्रको मुल समस्या हामीले यहाँ स्वयम उपस्थित भएर बुझ्न पायौं । हामीले लालपुर्जा दिएर कास्की जिल्ला समितिले कामको सुरुवात गरेको छ। यो जग्गा आयोगले दिएको होइन कि संविधानमै व्यवस्था भएको अधिकार हो। एक्याप क्षेत्रमा परेकालाई हामीले लाल पुर्जा दिने छौं ।“ जिल्ला अध्यक्ष गंगा प्रसाद पोखरेलले भने ।
राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले यो सुन्दर गाउँमा आएपछि हामीले बोल्ने भन्दा काम गर्ने छुट्टै जोश र जाँगर आएको मिठो अनुभब व्यक्त गर्दै यस पालिकाको समस्या समाधान गर्न आयोग सकरात्मक रहेको र सम्पुर्ण बाधा अड्काउ फुकाएर काम सम्पन्न गरी अब्यबस्थित वसोवासीलाई पुर्जा उपलब्ध गराउने बताउंदै रमणिय ठाउँलाई संरक्षण गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे।
त्यस्तै गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले यो महिनामा नै रातो लालपुर्जा वितरण दिएको सुरुवात गर्ने र वर्षौ सम्म संरक्षण गरेको जग्गा स्वयम व्यक्तिलाई नै दिने बताए । अन्नपूर्णको समग्र पर्यटनलाई यहाँ सम्म पर्याउन सहयोग गरेर राष्ट्रिय ढुकुटीलाइ अझ मजबुत बनाउनेलाई जग्गा उपलब्ध गराउनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रमका वक्ताहरुले भूमि हिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा मात्र नभएर कानुनी प्रक्रिया पुर्याएर साथै आवश्यक परे ऐन कानुन परिमार्जन गरेर समेत छिटोभन्दा छिटो लालपुर्जा वितरण गरिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य गाउँ पालिका प्रवक्ता एवं वडा नं. ७ वडा अध्यक्ष भरत मान गुरुङले राखेका थिए भने कार्यक्रम संचालन गाउँपालिकाकै कर्मचारी नारायण क्षेत्रीले गरेका थिए ।पोथना टोल सुधार समितिको तर्फबाट प्रमुख अतिथि र अतिथि एवं स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधि र सहयोगीहरुलाई सम्मान-पत्र, गुरुङ सांस्कृतिक पोसाक भाङ्ग्रा, खादा, कर्मु लगाएर बधाई एवं सम्मान समेत व्यक्त गरिएको थियो ।
फोकल पर्सन ई.प्रभात पौडेलका अनुसार जग्गा नापजाँचको लागि टोलि गठन गरि फिल्डमा पठाउने तयारी भईरहेको छ । हालसम्म गाउँपालिकाले वडा नं. ११, ८, ५ र ४ का करिब २५० जनालाई निस्सा वितरण गरिसकेको छ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस