पोखरा । देशभर बदली रही आज मंगलबार केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित रहेको छ।
अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ।
मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
भारत–क्यानडा विवाद, भारतले भिसा सेन्टर नै बन्द गर्याे
मोटरसाइकल चढेर पैदलयात्रीको सिक्री तान्ने ४ जना पक्राउ
मादक पदार्थ सेवन गरी दुई युवा समूह बीच झडप, एकको मृत्यु, ८ पक्राउ
अर्काको सिमकार्ड आफ्नो नाममा डुप्लिकेसन गरी ६ लाख ठगी, २२ वर्षीय युवक पक्राउ
औषधि विभागद्वारा १ सय ३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
यती एयरले आजदेखि पोखरा- काठमाण्डौ रात्रिकालीन उडान संचालन गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि