‘बिसिआइएस गरेकालाई अवसर नै अवसर’

‘बिसिआइएस गरेकालाई अवसर नै अवसर’

PCM int

एक्काइसौं शताव्दीमा सूचना, प्रविधिले संसारलाई सञ्चार ग्राममा रुपान्तरण गरिसकेको छ । स्थानीय तहहरुमा स्मार्ट सिटी निकै लोकप्रिय नारा बनेको छ । सूचना प्रविधिलाई दैनिक जीवनमा प्रयोग गर्न विभिन्न शैक्षिक कार्यक्रम अध्ययन, अध्यापन गर्ने लहर चलेको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले विगत २० वर्षदेखि बिबिए कार्यक्रम सञ्चालन गर्दै आएको छ । पिसिएमले ५ वर्षदेखि आइटीतर्फ बिसिआइएस कार्यक्रमसमेत चलाइरहेको छ । बिसिआइएस कार्यक्रममा केन्द्रित भई पिसिएमका उप–प्राचार्य ई. हरिप्रसाद बराल सँग गरिएको कुराकानी :

बिसिआइएस कस्तो खालको कार्यक्रम हो ?

बिसिआइएस भन्नाले ब्याचलर अफ कम्प्युटर इनफरर्मेसन सिस्टम बुझिन्छ । योे पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको कोर्स हो । यो कार्यक्रमलाई म्यानेजमेन्ट र आइटीको फ्युजन कोर्सको रुपमा पनि लिन सकिन्छ । जसमा ४९ प्रतिशत व्यवस्थापन र ५१ प्रतिशत आइटीका विषय छन् ।

कुन विषय पढेका र कस्तो योग्यता भएकाले यो विषय पढ्न पाउँछन् ?

बिसिआइएस पढ्नका लागि प्लस टु विज्ञान अथवा व्यवस्थापन संकायबाट उत्तीर्ण गरेको हुनुपर्छ । ३. विसिआइएस कार्यक्रमको पढाई कहाँ कहाँ छ । गण्डकी प्रदेशमा अहिले पिसिएममा मात्र यो कोर्स पढाइ हुन्छ । पोखरा विश्वविद्यालयका सम्बन्धन प्राप्त काठमाडौं, नारायणगढमा र वुटवल गरी अरु ५ कलेजमा पनि यो विषय पढाइ हुन्छ ।

पछिल्लो समयमा बिसिआइएसमा विद्यार्थीको आकर्षण बढ्नुको कारण के होला ?

विद्यार्थीहरुले आफनो क्षमता र दक्षता विकास गरी भोलिका दिन सजिलै रोजगारी वा स्वरोजगार बन्ने अवसर प्राप्त गर्न सक्ने भएकाले विद्यार्थीको रोजाइमा यो कार्यक्रम परेको हो । ४ वर्षको बिसिआइएस अध्ययन पूरा गरेपछि विद्यार्थीहरुले एमसिआइएस, एमबिए आइटी वा एमबिए अध्ययनका लागि देश र विदेशमा अवसर पाउन सक्छन् ।

बिसिआइएस अध्ययनका लागि पिसिएम नै रोज्नुपर्ने कुनै कारण छ ?

यस कलेजले पोखरा विश्वविद्यालयबाट सन् २००२ मा सम्बन्धन प्राप्त गरी बिबिए र बिसिआइएस कार्यक्रम सञ्चालन गरिरहेको छ । पिसिएम उत्कृष्ट व्यवस्थापन कलेज रहेको कुरा सबैलाई बिदितै छ । हाम्रा अनुभवी शिक्षक तथा प्रशिक्षकबाट सैद्धान्तिक तथा व्यवहारिक शिक्षालाई अंगाल्दै विभिन्न किसिमका प्रोजेक्ट वर्क, वर्कसप, सेमिनार, आइडिया कन्टेस्ट, प्रस्तुतिकरण, ग्रुप डिस्कसन, केस एनलाइसिस जस्ता विधिबाट विद्यार्थीले शिक्षा लिन पाउँछन् ।

हाम्रो शिक्षण प्रणालीको प्रभावकारिता हाम्रा विद्यार्थीको उपलब्धिबाट पनि अनुमान गर्न सकिन्छ । भर्खरैमात्र हाम्री छात्रा विनु श्रेष्ठ बिबिएतर्फ ३.९९ जिपिए प्राप्त गरी उपकुलपति पदक २०७८ बाट सम्मानित हुनुभएको छ । हरेक वर्ष पास प्रतिशत ९० प्रतिशतभन्दा माथि छ भने जसमा १० प्रतिशत विद्यार्थी डिन लिस्टमा पर्न सफल हुने गरेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य संस्था लगायत आइटी कम्पनीका इन्टर्नसिपमा हाम्रा विद्यार्थीले प्रस्तुत गरेको दक्षता र क्षमता गर्व गर्न लायक छ ।

हाम्रो अर्को हाम्रो विशेषता भनेको विद्यार्थी मैत्री शिक्षण सिकाइ वातावरण हो । जसमा विद्यार्थी भाइबहिनीले विभिन्न खालका अतिरिक्त क्रियाकलाप आयोजना गरी आफनो क्षमता अभिवृद्धि गर्ने गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वर्कसप, सेमिनारहरुमा समेत भाग लिने गरेका छन् । यसै कारणले विद्यार्थी एवं अभिभावकको प्राथमिकतामा पिसिएम परेको हो ।

यो कोर्स अध्ययन गर्ने विद्यार्थीलाई कलेजले छात्रवृतिको के कस्तो व्यवस्था गरेको छ ?

पोखरा विश्वविद्यालयले नै छात्रवृत्ति परीक्षा उत्तीर्ण गरेका विद्यार्थीमध्ये ५ जनालाई छनौट गरी कलेजमा पठाउने गर्दछ । यस कलेजले पनि गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिका केही सिट व्यवस्था गर्ने गरेको छ ।

यो कार्यक्रममा भर्ना भएका पहिलो ब्याचका विद्यार्थीले ४ वर्ष कोर्ष पूरा गरिसकेका छन् । हालसम्म ५० प्रतिशत विद्यार्थी विभिन्न आइटी कम्पनी र बैक तथा वित्तीय संस्थामा आवद्ध भइसकेका छन् । यो कोर्स पास गरेका विद्यार्थी भाइबहिनीले बैंक तथा वित्तीय संस्था, आइटी कम्पनी, सरकारी, गैरसरकारी, प्राइभेट कम्पनीमा आइटीसम्बन्धी काम गर्ने अवसर पाउने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ