काठमाडौं । सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनामको निधन भएको छ।
उनको सोमबार बिहान ५ बजे ७४ वर्षको उमेरमा निधन भएको हो।
मृर्गौला रोगबाट पीडित सुनामको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो।
दाहसंस्कारका लागि सुनामको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिएको छ। सैनिक सलामीसहित उनलाई अन्तिम श्रद्धाञ्जली दिइने भएको छ। संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित भएका छन्।
सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए। सैनिक ब्यान्डमा रही उनी वाद्यवादन र तथा संगीत सिर्जनामा सक्रिय उनले तत्कालीन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए।
रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, यो नानीको शीरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन्।
उनले ७७५ भन्दा बढी गीतमा संगीत भरेका छन्।
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
सरकार र राहत शिक्षकबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
नयाँ दलको जमानत जफत हुने गरी काम गर्नुस् : रवि लामिछाने
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि