काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस बिहीबार दिउँसो भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी–३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज–३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार एक जनाको भने अहिलेसम्म परिचय खुलेको छैन ।
दुर्घटनामा २६ जना घाइते भएका छन् ।
घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ ।
ओरालो बाटोमा ब्रेक फेल भएर बस दुर्घटना भएको अनुमान गरिएको छ ।
सम्बन्धित खबर
पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते
फुस्रेखोलामा पोखराका १६ वर्षीय क्षितिज मृत फेला
दुई जना अझै भेटिएनन्, तीन जनाकै सनाखत, पोखराबाट तालिमप्राप्त कुकुर खटाइयो
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडीको पाटपूर्जा मोदीखोला दोभानमा भेटियो
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल