Gandak News
Our News Your Views

देशभर डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । देशभर डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ।

लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३, सुदूरपश्चिम प्रदेशका ७७७ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु संक्रमण भएको छ।

लोड हुँदै ...