सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन

सरकारसँगको १० बुँदे सहमतिपछि डा.केसीले तोडे अनशन

Dr. Govinda KC

काठमाडौं । सरकारसँगको १० बुँदे सहमति भएपछि डाक्टर गोविन्द केसीले अनशन तोडेका छन्।

विभिन्न मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले हिजो बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले अनशन तोडेका हुन्।

केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए।

पछिल्लो समय डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज ५ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ