मनास्लु हिमपहिरोमा परी १ जनाको मृत्यु, १२ जना बढी बेपत्ता

मनास्लु हिमपहिरोमा परी १ जनाको मृत्यु, १२ जना बढी बेपत्ता

Manaslu

तस्बिर : सामाजिक संजाल

काठमाडौं । मनास्लु हिमालको आधारशिविरमा हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–१ मनास्लु हिमालमा सोमबार दिउँसो गएको हिउँ पहिरोमा परी अन्य १२ जना बढी घाइते भएका हुन्।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना बढी घाइते भएको जानकारी दिए ।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौँबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ