काठमाण्डौ। नेपालमा गएको साउनयता २५ हजार ५ सय ४३ डेंगु संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको हो। संक्रमित मध्ये हालसम्म ३२ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा देखिएका छन्। भने सबैभन्दा कम प्रदेश ६ मा देखिएका छन्।
जसमध्ये बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १०, प्रदेश १ मा ७७५, प्रदेश २ मा ३८०, प्रदेश ४ मा ५५६, प्रदेश ५ मा २८८७, प्रदेश ६ मा २३१ र प्रदेश ७ मा ८०४ जनामा डेंगु देखिएको छ।
मन्त्रालयको तथ्यांकमा बागमतीपछि लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंगुका संक्रमित देखिएका छन्।