सल्यान । सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उहाँका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन्।
उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा घाइते भएका कपुरकोट–६ जलवाङ्गका ३५ वर्षका तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ।
जीपमा चालकसहित ९ जना थिए । जीप अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो।
सम्बन्धित खबर
‘भाइरल रोड’ हेम्जामा फेरि दुर्घटना
सेनाको एम्बुसमा परेर २ छोरा गुमाएका ऐर दम्पतिले त्यसपछि पाएको छोरा पनि गुमाए
हेम्जामा फेरि दुर्घटना, तीव्र गतिको हाइसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु
बाँके बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत
ट्रक जुध्दा एक चालकको मृत्यु
बाँकेको जंगलमा राति बस दुर्घटना: ७ जनाको मृत्यु, १३ सख्त घाइते
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि