चितवन । चितवनमा मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिलाई ट्रकले कुल्चेर मृत्यु भएको छ।
बिहीबार साँझ ६ः५० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो।
मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलको पछाडि सवार साह सडकमा खसेका थिए। नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको प्रहरीले जनाएको छ।
ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।
सम्बन्धित खबर
असोज ४ गतेदेखि १५ दिन पृथ्वी राजमार्ग राति ४ घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
ट्रक जुध्दा एक चालकको मृत्यु
धादिङ दुर्घटना अपडेटः मृतक ८ मध्ये ६ जनाको पहिचान खुल्यो [मृतक र घाइतेहरूको नाम सहित]
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि