भोलि त म सबेरै गइजान्छु, एउटा फोटो खिचेर लैजान्छु…
रुप हेरेर धित कैले मेटिन्न, बत्तिसै गुण एउटै दोष भेटिन्न…
जपेर नाम नौ रात नौ दिन, पलाएसी मन मार्न सक्दिन…
यस्ता मनै छुने टुक्का रहेको गीतको भिडियोले पनि दर्शकको मन छोएको छ । निरीमया बोलको गीतको भाका उस्तै कर्णप्रिय छ ।
निकै मीठो स्वरको धनी विक्रम परियार र सुरेश बानियाँका साथै भावना अर्याल र बिष्णु सुनारको स्वर रहेको लोक दोहोरी गीत निरिमयाले दर्शकको मन छोएको हो ।
कृष्ण शताब्दीको शब्द तथा संगीत रहेको उक्त गीतमा निर्देशक भिम खड्का स्वयंले अभिनय गरेका छन् । आयुष्मा कार्की जोडीको रुपमा देखिएका छन् । कविर बस्ताकाेटीले बाल कलाकारकाे भूमिका निर्वाह गरेका छन् । भिडियाे कृष्ण शताब्दीको नयाँ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
नयाँ च्यानल रहेपनि दर्शकको साथ पाइरहेको गीतले अझै धेरै भ्यूज बटुल्ने आशा गर्न सकिन्छ । नरेश ऐरको सिनेमाटोग्राफी रहेको भिडियोलाई मीन रावलले सम्पादन गरेका हुन् । पोस्ट प्रोडक्शन फोरके मिडिया नेपालले गरेको हो । मारुनी डिजिटलमा रेकर्डेड गीतको मिक्सिङ कुमार रानाले गरेका हुन् ।
सम्बन्धित खबर
नेपालका समर्पण लामाले जिते ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि
डि–मर्चा भन्छ ‘भ्रष्टाचारीलाई किरा परोस्’
अमृतको शब्दमा सविनाको ‘रहर’
निरूता सिंहले गरिन् बिहे
समीक्षाको अनुराेध – झूटो समाचार छापेर बदनाम नगरिदिनुस्
क्याटवाकको प्रथम वार्षिकोत्सवमा कुटुम्ब र त्रिशाला गुरूङको प्रस्तुति
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल