Gandak News
Our News Your Views

डेंगी संक्रमितको संख्या ३० हजार नाघ्यो, हालसम्म ३९ जनाको मृत्यु

काठमाण्डौ। नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार बढी पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो ।

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

लोड हुँदै ...