निरन्तरको अविरल वर्षाले अवरुद्ध ७६ किमी बेनी-जोमसोम राष्ट्रिय राजमार्ग अन्ततः ६ दिनपछि खुलेको छ। अवरुद्ध बेनी-जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएको हो।
यसअघि अविरल वर्षाले राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङ खण्डमा दर्जनौं स्थानमा बाढी पहिरो र नदी कटानले क्षति पुर्याएपछि बेनी-जोमसोम सडकको सिधा सम्पर्कविच्छेद भएको थियो। म्याग्दी र मुस्ताङ खण्डमा सडक अवरुद्ध भएपछि सडक खुलाउने निरन्तर प्रयास गरेपछि सडक सहज बनाउन अप्ठ्यारो परेको थियो। दसैं सकिएलगत्तै आइतबारदेखि मौसममा सुधार भएको र वर्षा रोकिएकाले ठाउँमा सडक उपकरण प्रयोग गरेर सडक मर्मत गरी सडक संञ्चालनमा ल्याउन सफल भएको आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।
निरन्तरको वर्षाले उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडकको घुमाउने ताल, बेगखोला, बैसरी,गुईठे,लाटो खोला,दाना ,रुप्से र काभ्रेभीर लगायतका स्थानमा बाढी पहिरो र नदी कटानले क्षति तुल्याएको थियो।
त्यस्तै अविरल वर्षा रोकिएसंगै आईतबारदेखि मुस्ताङ खण्ड समेत सहज भएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरो न नदी कटानले मुस्ताङको मार्फा, खन्ती, एक्लेभट्टी, पान्डा खोला , मुक्तिनाथ जाने सडक र कागबेनी –छुसाङ लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो। मुस्ताङको मार्फाको दुई स्थानमा झन्डै एक हजार मिटर कालोपत्रे सडक बाढी पसेर क्षति पुगेको थियो।
Via: emustangnews.com
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु