हप्ता दिनपछि खुल्यो बेनी-जोमसोम सडक

हप्ता दिनपछि खुल्यो बेनी-जोमसोम सडक

Beni-Mustang1_

 निरन्तरको अविरल वर्षाले अवरुद्ध ७६ किमी बेनी-जोमसोम राष्ट्रिय राजमार्ग अन्ततः ६ दिनपछि खुलेको छ। अवरुद्ध बेनी-जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएको हो।

यसअघि अविरल वर्षाले राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङ खण्डमा दर्जनौं स्थानमा बाढी पहिरो र नदी कटानले क्षति पुर्‍याएपछि बेनी-जोमसोम सडकको सिधा सम्पर्कविच्छेद भएको थियो। म्याग्दी र मुस्ताङ खण्डमा सडक अवरुद्ध भएपछि सडक खुलाउने निरन्तर प्रयास गरेपछि सडक सहज बनाउन अप्ठ्यारो परेको थियो। दसैं सकिएलगत्तै आइतबारदेखि मौसममा सुधार भएको र वर्षा रोकिएकाले ठाउँमा सडक उपकरण प्रयोग गरेर सडक मर्मत गरी सडक संञ्चालनमा ल्याउन सफल भएको आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।

निरन्तरको वर्षाले उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको ७६ किमी बेनी-जोमसोम सडकको घुमाउने ताल, बेगखोला, बैसरी,गुईठे,लाटो खोला,दाना ,रुप्से र काभ्रेभीर लगायतका स्थानमा बाढी पहिरो र नदी कटानले क्षति तुल्याएको थियो।

त्यस्तै अविरल वर्षा रोकिएसंगै आईतबारदेखि मुस्ताङ खण्ड समेत सहज भएको छ। अविरल वर्षासँगै आएको बाढी पहिरो न नदी कटानले मुस्ताङको मार्फा, खन्ती, एक्लेभट्टी, पान्डा खोला , मुक्तिनाथ जाने सडक र कागबेनी –छुसाङ लगायतका दर्जनौ स्थानमा सडक अवरुद्ध भएको थियो। मुस्ताङको मार्फाको दुई स्थानमा झन्डै एक हजार मिटर कालोपत्रे सडक बाढी पसेर क्षति पुगेको थियो।

Via: emustangnews.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds