पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मगंलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रगंशालामा मगंलबार सम्पन्न ‘थ्रि अन थ्रि’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई २१–२० स्कोरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । आफ्नै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले मधेशलाई २१–०५ स्कोरले हराएको छ । समूह चरणको अंक तालिकामा आर्मी ८ अंकका साथ विजेता बनेको छ भने एपिएफले ७ अंक जोड्दै उपविजेता बनेको छ ।
त्यस्तै समूह वि तर्फको पहिलो खेलमा बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १४–१० स्कोरले हराएको छ । अंक तालिकामा उपविजेता हुँदै ७ अंकका साथ बागमती प्रदेश सेमिफाइनलमा प्रबेश गरेको छ । त्यस्तै दोस्रो खेलमा कर्णालीले लुम्विनीलाई १९–१० स्कोरले हराएको छ । समूह बि अन्तर्गत अंक तालिकामा ८ अंकका साथ गण्डकी विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने बागमती ७ अंक जोडेको छ ।
यसैबीच सेमिफाइनलका खेलहरु भोलि विहान हुनेछन् । ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत आज दिउसो २ बजेदेखि समुह बि तर्फ सुदुर पश्चिम प्रदेश र एपिएफ छन् भने दोस्रो खेलमा गण्डकी र कर्णाली प्रदेश भिड्दैछन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु