पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा तीन विभागीय टिम र गण्डकी प्रदेश प्रवेश गरेका छन् ।
पोखरा रंगशाला भलिबल कोर्टमा मंगलबार भएको क्वार्टरफाइनलमा खेलमा विभागीय टिम हाबी हुँदा गण्डकी बाहेकका प्रदेशका टिम प्रतियोगिताबाट बाहिरिए । पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हराएर सेमिफाइनल यात्रा तय ग¥यो । दोस्रो खेलमा त्रिभुवन आर्मीले वागमती प्रदेशलाई ३–० कै सेटमा पाखा लगायो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले जित्यो ।
तेस्रो क्वार्टरफाइनल खेलमा अर्को विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित ग¥यो । पहिलो सेट २५–२३ ले ल्याउँदा दोस्रो सेटमा एपीएफलाई हम्मेहम्मे प¥यो । दोस्रो सेटको सुरुवातमा आफ्ना दुई खेलाडी चोटग्रस्त बनेपछि एपीएफलाई चुनौती थपियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा एपीएफले २८–२६ को सफलता पायो । एपीएफले तेस्रो सेट २३–२५ ले गुमायो । लयमा देखिएको लुम्बिनीको पक्षमा दर्शकको समर्थन हुँदाहुँदै चौंथो सेटमा भने फितलो प्रदर्शन ग¥यो । फलस्वरुप एपीएफ २५–१७ ले लुम्बिनीमाथि हाबी भयो ।
घरेलु मैदानमा खचाखच दर्शकको समर्थन पाएको गण्डकीले अन्तिम क्वार्टरफाइनल खेलमा प्रदेश १ लाई सोझो सेटमै पन्छायो । गण्डकीले २५–२०, २५–२१ र २५–१३ ले प्रदेश १ लाई हराउँदा दर्शकले खुसी मनाए ।
प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल पुलिस र त्रिभुवन आर्मीबीच हुने छ । अर्को सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश भिड्ने छन् । फाइनल बिहीबार हुने छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु