पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।
हालसम्म ६ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक सहित कुल १६० पदक हात पारिसकेको छ ।
दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ३० स्वर्ण, २४ रजत र ३७ कास्यपदक सहित ९१ पदक जितेको छ।
अर्को विभागीय टिम एपीएफले २७ स्वर्ण, ३१ रजत र ४४ काँस्य पदक सहित कुल १०२ पदक हात परेको छ ।
यसैगरी बागमती प्रदेशले १५ स्वर्ण, २३ रजत र २६ कास्य सहित कुल ६४ पदक जित्दा गण्डकी प्रदेशले १२ स्वर्ण, १२ रजत र २९ कास्य पदक सहित ५३ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता सुदुर पश्चिम प्रदेशले ७ स्वर्ण, ३ रजत, १६ कास्य सहित २६ पदक, एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ५ रजत र १४ कास्य पदक सहित २४ पदक, प्रदेश १ ले ३ स्वर्ण १४ रजत र ३० कास्य सहित ४७ पदक जितेका छन्।
त्यसैगरी,लुम्बिनी प्रदेशले २ स्वर्ण, १२ रजत र १७ कास्य सहित ३१ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ३ कास्य पदक सहित ५ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु