नवौं राष्ट्रियः ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण

नवौं राष्ट्रियः ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित चन्द्रकलालाई स्वर्ण

chandrakala

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला ज्याभलिन थ्रोमा पुलिस क्लबकी चन्द्रकला लामगादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्।

पोखरा रंगशालामा बुधबार भएको खेलमा चन्द्रकलाले ४७ दशमलव ६० मिटर थ्रो गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो। आठौँ राष्ट्रिय खेलकुदमा उनले ४५ दशमलव २७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन्।

यस स्पर्धामा आर्मीकी लक्ष्मी थारुले ४५ दशमलव ५६ मिटर थ्रो गर्दै रजत पदक जितिन्। एपीएफकी सीमाकुमारी थारुले ४५ दशमलव २० मिटर थ्रो गर्दै कास्य पदक जितिन्।

यस्तै, पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन्।

रोहितले ६४ दशमलव २५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्।

ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७० दशमलव ३९ मिटरको कीर्तिमान छ।

यस स्पर्धामा एपीएफका रमेश पोखरेलले ५५ दशमलव ४३ मिटर थ्रो गर्दै रजत जिते।

एपीएफकै मनोज डगौराले ५३ दशमलव ३९ मिटर थ्रो गर्दै कास्य हात पारेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ