पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा सम्पन्न पुरुष बास्केटबलमा आयोजक गण्डकी प्रदेश र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताको फाइभ अन फाइभ तर्फ बिभागिय टोली एपिएफले ८१–७९ स्कोरका साथ च्याम्पियन बन्दा थ्री अन थ्री तर्फको च्याम्पियन आयोजक गण्डकीले एपिएफलाई २१– १६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको छ। यता फाइभ अन फाइभ तर्फ गण्डकीले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ। निकै संघर्षपुरण प्रतियोगितामा दुबै बिधाको अन्तिम प्रतिस्प्रधाका लागि एपिएफ र गण्डकी मैदानमा उत्रेका थिए। यस अघि कास्य पदककालागी भएको प्रतियोगितामा आर्मीले बागमतीलाई ७८–६० स्कोर सहित पराजित गर्दै कास्य पदक हात पारेको छ।

आज बिहिबार नै सम्पन्न बास्केटबल पुरुस प्रतियोगिताको थ्री अन थ्री तर्फ आयोजक प्रदेश गण्डकी च्याम्पियान बनेको छ। एपिएफ भने दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ। बिहिबार बिहान रंगशालामा सम्पन्न प्रतियोगितामा गण्डकीले बिभागीय टोली एपिएफलाई २१–१६ स्कोरले पराजित गर्दै संवरण पदक हात पारेको हो। यस अघि भएको प्रतियोगितामा बागम्ती प्रदेशले आर्मीलाई १९–१५ स्कोरले हराउदै तेस्रो स्थान हासिल गरेको छ।
गत २८ गतेदेखि पोखरा रंगशालामा सुरुभएको प्रतितोगितामा ३ बिभागीय टोली सहित १० टिमको सहभागिता रहेको थियो भने खेललाई लिक कम नक आउटको आधारमा खेलाइएको थियो।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो