दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न

दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न

IMG-20221026-WA0001

बागलुङ । कृषि, पर्यटन, जलस्रोत, स्थानिय सिप र पुर्वाधार, समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि सञ्चालन गरिएको दोस्रो गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सव २०७९ सम्पन्न भएको छ ।

महोत्सव मुल समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले महोत्सवले स्थानिय उत्पादनलाई बजारीकरण गर्नु पर्ने बताएका छन् ।

उनले मेला तथा महोत्सव सञ्चालन गर्दा त्यसको उद्देश्य, औचित्यता र महोत्सवमा स्थानिय उत्पादन श्रोत र साधनको कसरी बजारीकरण गर्ने र आर्थिक समृद्विमा टेवा पुराउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । गलकोट महोत्सवले स्थानिय कला, संस्कृति, खेलकुद, कृषि र पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।

महोत्सवमा अवसरमा आयोजना गरिएको पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु २ लाख ११ हजार १ सय ११ रुपैया हात पार्दै गलकोट स्पोर्टस कल्व टोकियो जापान प्रथम र निसीखोला गाउँपालिका बागलुङ द्वितिय भएका छन् ।

भ्वाईस अफ गलकोटमा राहुल सुनार र गलकोट डान्स आईडलमा सुदिस्ना घर्ती मगर आईडलको उपाधि उचालेका छन् । आमा समुह स्तरिय रत्यौली गीत प्रतियोगितामा मिलन आमा समूह गलकोट नगरपालिका ३ प्रथम र नौबिसे आमा समुह गलकोट नगरपालिका ६ द्धितिय भएका छन् ।

त्यस्तै माद्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा भैरव माद्यमिक विद्यालय गलकोट नगरपालिका ९ का सुरक्षा गौतम प्रथम र बराहखोला आधारभुत विद्यालय ताराखोला गाउँपालिका ३ का लिलाधर कडेँल द्धितिय भएका छन् ।

सामुहिक लोक नृत्य प्रतियोगिता तर्फ गलकोट माद्यमिक विद्यालय गलकोट नगरपालिका ३ प्रथम र गोल्डेन फ्युचर सेकेण्डरी स्कुल गलकोट नगरपालिका ४ द्धितिय भएका छन् ।

महोत्सवको अवसरमा सहयोग गर्ने प्रायोजक, सहयोगदाता, कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो । त्यस्तै महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितीक प्रस्तुति रहेको थियो ।

कार्यक्रम ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको अध्यक्षता, संस्थाका सदस्य थम्मन थापा सन्देशको स्वागत तथा सञ्चारकर्मी घनश्याम गौतम र कलाकार उमादेवी खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

महोत्सवमा स्थानिय कला संस्कृति झल्कने नौमति बाजा, लाखे नाच, सामुहिक नाच प्रस्तुत गरिएको कार्यक्रम संयोजक होम थापाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ