लमजुङ कारागारमा एक कैदीको मृत्यु

लमजुङ कारागारमा एक कैदीको मृत्यु

mrita fela

लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ।

शनिबार राति २ बजे कारागारमा बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए।

मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का वर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन्।

०७८ वैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० वैशाख १२ गतेसम्म २ वर्ष कैद फैसला गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ