पोखरा । कास्कीमा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारसहित केही नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमाले गण्डकी प्रदेश संगठन कमिटीद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा माओवादी प्रदेश कमिटी सदस्य राजु शर्मा तिमिल्सना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सनालगायत दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटब्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायत नेताहरूले स्वागत गरेका थिए ।
कुनै पनि दलमा खुलेर नलागेका दुई जना सामाजिक अभियन्ताले पनि एमाले रोजेका छन् । हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष समेत रहेका गीतकार तीर्थ तामाङ एमाले प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादी कास्कीका सचिव होमबहादुर नेपाली पनि गत शनिबार एमाले प्रवेश गरेका थिए । मतदातामाझ माओवादीका प्रभावशाली मानिने प्रदेश कमिटी सदस्य तिमिल्सनासहित नेता–कार्यकर्ता प्रवेश गरेपछि आगामी चुनावमा एमालेलाई झनै सहज हुने देखिन्छ ।
गत ३० वैशाखको चुनावमा तिमिल्सना पोखरा १८ मा वडाध्यक्ष उम्मेद्वार थिए । कांग्रेसका उम्मेद्वार विजयी हुँदा तिमिल्सनाले ७०२ मत पाएका थिए । त्यहाँ एमाले उम्मेद्वार पुष्कलबहादुर थापा ३ मतले हारेका थिए ।
पोखरा १८ कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । त्यहाँ प्रतिनिधिसभामा गठबन्धनबाट माओवादीका उम्मेद्वार छन् । तर, प्रभावशाली मानिने तिमिल्सना वडा कमिटीका पदाधिकारीलगायत लिएर एमाले प्रवेश गरेसँगै एमालेलाई थप सहज भएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो