सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds