आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Gold

पोखरा । नेपाली बजारमा सुनको मूल्य आज बिहीबार स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुन यसअघिकै मूल्य अर्थात प्रतितोला ९५ हजार ४०० रुपैयाँमै  कारोबार भइरहेको छ।

यसअघि बुधबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन पनि आज प्रतितोला ९४ हजार ९०० रुपैयाँ नै कायम भएको छ।

चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds